Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
कला र मनोरन्जन

चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ सार्वजनिक

१२ आश्विन २०८२, आईतवार १९:२१

काठमाडौं। रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन् । अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ ।

नाच्न जान्दैनन् भन्ने हुन्छ । स्वयं कलाकार पनि त्यसै भन्छन् । तर, यसपटक अलि फरक भयो । चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको डान्सको पनि तारिफ भइरहेको छ । अभिनयमा गज्जवको तारिफ बटुल्ने उनले यसपटक नृत्यसमा पनि वाहीवाही बटुलिरहेका छन् ।

प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । यही क्रममा रोमान्टिक देखिएका विजयको नृत्यको प्रशंसा भइरहेको छ ।

गीत र नृत्य दुवै राम्रो रहेको भन्दै सफलताको शुभकमना भनिरहेका छन् । धेरैले ‘रुकुम मैकोट’सँग तुलना गरेका छन् । सिनेमालाई शुभकामना भनिरहेका छन् ।

युट्युब लिंकका देबीसरा गुरुङ कमेन्ट गर्छिन्, “नायक विजय बराल र नयाँ नायिका दुवैैलाई सुहाएको छ । सफलताको शुभकामना वरिष्ठ बलरामलाई ।”

गीतको नृत्य मञ्जु गुरुङलाई पनि मन परेको छ । उनी लेख्छिन्, “धेरै राम्रो गीत अनि उत्तिकै दामी छ डान्स ।” उनले विजय र समृद्धिलाई शुभकामना भनेकी छन् ।

चिटिक्क परेर आकर्षक युवक बनेका विजय फूर्तीफार्तीसहित हिरोइनको वरिपरि घुम्छन्, नाच्छन्, रमाउँछन्, फकाउँछन् । यही दृश्य दर्शकले मन पराइरहेका छन् । कोरससमेत राखेर बनाइएको भिडियो भएकाले विजयमा आत्मविश्वास पनि देखिएको छ । त्यसकै तारिफ यतिबेला उनले बटुलिरहेका छन् ।

यतिबेला यो गीत र भिडियो टिकटकमा लोकप्रिय भइरहेको छ । विजयको तारिफ भइरहेको छ । विजयले अभिनयसँगै नृत्यमा पनि कुशलता प्रस्तुत गर्दा यसले समग्र सिनेमालाई नै फाइदा गरिरहेको छ । चलचित्रको पब्लिसिटीमा सहयोग गरिरहेको छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् ।

प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्