Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक

१७ आश्विन २०८२, शुक्रबार १६:४६

काठमाडौँ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘मरौं ज्यानले’ बोलको गीतमा शब्द रचना सुरेश बडालको,स्वर र संगीत सुशान्त गौतमको रहेको छ। चलचित्रले पैसाको लोभमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने कथालाई चित्रण गर्छ।

लचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतको मुख्य अभिनय रहेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्र सुशान्त गौतमको निर्देशनमा बनेको हो, जो यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्।

चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशन मदन थापाले सम्हालेका छन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

टिममा जीवन शाक्य (लाइन प्रोड्युसर), आकाश उखेडा (मुख्य सहायक निर्देशक), मदन घिमिरे (सम्पादक), सरोज श्रेष्ठ (निर्माण नियन्त्रक) र शरद महतो (डिओपी) रहेका छन्। चलचित्रको केहि दिन अघि सार्वजनिक ‘लड्की गोरी’ गीतले दर्शक श्रोताको मन जित्न सफल भई सकेको छ।

प्रतिक्रिया दिनुहोस्