Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

यस्तो छ तीन चलचित्रको व्यापार

२५ आश्विन २०८२, शनिबार १७:४३

काठमाडौँ। दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र ‘बलिदान’ ले रु चार करोड ४२ लाख व्यापार गरेको छ ।

सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेका चलचित्र ‘हरिबहादुरको जुत्ता’ले रु तीन करोड ९० लाख व्यापार गरेको छ ।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले रु दुई करोड ८५ लाख व्यापार गरेको छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशनछन्।  यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्