Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

नयाँ गीत ‘शंका गर्ने बानी’ सार्वजनिक

२५ आश्विन २०८२, शनिबार १७:५१

काठमाडौं। सुबास गुरुङ अफिसियल युट्युब च्यानलमार्फत नयाँ गीत “शंका गर्ने बानी” सार्वजनिक गरिएको छ।

गीतले प्रेम सम्बन्ध र दाम्पत्य जीवनभित्र देखा पर्ने अविश्वास, भावनात्मक दूरी र त्यसबाट उत्पन्न हुने पीडालाई यथार्थपरक रूपमा चित्रण गरेको छ।

गीतमा तेज गिरी, शुसिला थापा र प्रगल्भ न्यौपानेले अभिनय गरेका छन् भने स्वर लोकप्रिय गायिका अन्जु पन्तले दिएकी छन्। गीतका शब्द र रचना सुबास गुरुङ (गणेश)का हुन् भने संगीत रामकुमार गुरुङ (आरके)ले भरेका छन्।

गीतको एरेन्ज साहस शाक्यले गरेका छन्। रेकर्डिङ र मिक्सिङ सन्तोष पौडेल (अलंकार रेकर्डस्)ले सम्पादन गरेका हुन्। मेकअप गीतान्जली योगी, प्रोडक्सन मेनेजर सुमन भट्टराई, सिनेमाटोग्राफी योडिन योन्जन, र पोस्ट–प्रोडक्सन आरसु फिल्म्सले सम्हालेका छन्।

गीतको निर्देशन राजेन्द्र खड्काले गरेका हुन् भने क्लाइम्याक्स आर्टको प्रस्तुति रहेको यो गीतले प्रेम, विश्वास र शंकाबीचको संघर्षलाई भावनात्मक कथा शैलीमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्