Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
कला र मनोरन्जन

नयाँ गीत ‘शंका गर्ने बानी’ सार्वजनिक

२५ आश्विन २०८२, शनिबार १७:५१

काठमाडौं। सुबास गुरुङ अफिसियल युट्युब च्यानलमार्फत नयाँ गीत “शंका गर्ने बानी” सार्वजनिक गरिएको छ।

गीतले प्रेम सम्बन्ध र दाम्पत्य जीवनभित्र देखा पर्ने अविश्वास, भावनात्मक दूरी र त्यसबाट उत्पन्न हुने पीडालाई यथार्थपरक रूपमा चित्रण गरेको छ।

गीतमा तेज गिरी, शुसिला थापा र प्रगल्भ न्यौपानेले अभिनय गरेका छन् भने स्वर लोकप्रिय गायिका अन्जु पन्तले दिएकी छन्। गीतका शब्द र रचना सुबास गुरुङ (गणेश)का हुन् भने संगीत रामकुमार गुरुङ (आरके)ले भरेका छन्।

गीतको एरेन्ज साहस शाक्यले गरेका छन्। रेकर्डिङ र मिक्सिङ सन्तोष पौडेल (अलंकार रेकर्डस्)ले सम्पादन गरेका हुन्। मेकअप गीतान्जली योगी, प्रोडक्सन मेनेजर सुमन भट्टराई, सिनेमाटोग्राफी योडिन योन्जन, र पोस्ट–प्रोडक्सन आरसु फिल्म्सले सम्हालेका छन्।

गीतको निर्देशन राजेन्द्र खड्काले गरेका हुन् भने क्लाइम्याक्स आर्टको प्रस्तुति रहेको यो गीतले प्रेम, विश्वास र शंकाबीचको संघर्षलाई भावनात्मक कथा शैलीमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्