Trending
काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |     प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |    
कला र मनोरन्जन

युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर

२५ आश्विन २०८२, शनिबार १८:००

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र *‘जेरी अन टप’*को ट्रेलर सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। सार्वजनिक प्रदर्शनको मिति नजिकिँदै गर्दा शुक्रबार दिउँसो सार्वजनिक ट्रेलरले दर्शकको अपार प्रतिक्रिया बटुलेको छ।

ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै यो युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा पुगेको छ। त्यति मात्र होइन, नेपाली समुदाय बाक्लो रहेका दर्जनभन्दा बढी देशका युट्युब चार्ट्समा पनि ट्रेलर उत्कृष्ट १० भित्र छ।

बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा अपलोड गरिएको ट्रेलरले हालसम्म झण्डै साढे तीन लाखभन्दा बढी भ्युज पाइसकेको छ। सो भिडियोमा २१ हजारभन्दा बढी लाइक र करिब ३ हजार सकारात्मक कमेन्ट प्राप्त भएका छन्।

डेढ वर्षपछि पर्दामा पुनः फर्कँदै गरेका स्टार अभिनेता अनमोल केसी अभिनीत यस फिल्मलाई वर्ष २०८२ को सबैभन्दा प्रतिक्षित चलचित्रको रूपमा हेरिएको छ। ट्रेलरमा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त र उषा खड्गीको अभिनय देख्न सकिन्छ।

ट्रेलरमा देखिएका हिमाली दृश्य, कलाकारहरूको दमदार अभिनय, सुयोग गुरुङको निर्देशन, शाहिल खानको ट्रेलर कट, आकर्षक छायांकन, सम्पादन र संगीतले दर्शक तथा समालोचक दुबैको प्रशंसा बटुलेका छन्।

सरोज न्यौपानेको निर्माणमा बनेको, अनन्या फिल्म्सको ब्यानरमा तयार गरिएको ‘जेरी अन टप’ आगामी असोज ३१ गते देशभर प्रदर्शनमा आउने भएको छ। राजधानी क्षेत्रमा रीच इन्टरटेन्मेन्ट र मोफसल क्षेत्रमा एफडी कम्पनीले वितरण अधिकार लिएका छन्।

निर्माता न्यौपानेका अनुसार अन्तर्राष्ट्रिय बजारबाट पनि चलचित्रको उल्लेखनीय माग आइरहेको छ, जसले नेपाली फिल्म उद्योगका लागि उत्साहजनक संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्