Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

२७ आश्विन २०८२, सोमबार १९:१८
काठमाडौं। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो। ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ। कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ। ‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ। https://youtu.be/rYG0c1fijLw

प्रतिक्रिया दिनुहोस्