Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

‘जेरी अन टप’ को खुल्यो टिकट बुकिङ

२८ आश्विन २०८२, मंगलवार १८:४१

काठमाडौं । युवा स्टारको ट्याग पाएका अभिनेता अनमोल केसी झण्डै डेढ वर्षपछि पर्दामा आउँदैछन् । अनमोल अभिनित फिल्म ‘जेरी अन टप’ यहि शुक्रबार (असोज ३१)बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

यसअघि उनको फिल्म ‘फर्की फर्की’ गत वर्ष (२०८१) को जेठमा प्रदर्शनमा आएको थियो। उक्त फिल्म रिलिजको १६ महिनापछि अनमोल हलमा आउन लागेकाले पनि ‘जेरी अन टप’ लाई थप चासोका साथ हेरिएको छ। फिल्मको टिजर र ट्रेलर लगायतका प्रचार सामाग्रीले पनि दर्शकको ध्यान तानेको छ।

एफक्यूव सिनेमाले सोमबार साँझ नै यो फिल्मको बुकिङ ओपन गरिसकेको छ। एफक्यूवले वेभसाइटमा ‘जेरी अन टप’को अग्रिम बुकिङ खुला गरेको २४ घण्टा नबित्दै दर्शकबाट उच्च माग भएपछि शोज थप गरेको छ ।

सोमबार एफक्यूवले यो फिल्मलाई ५ शोज उपलब्ध गराएको थियो भने मंगलबार बिहान थप एक शोज प्लस गरेर ६ शोज बनाएको छ । यस्तै फिल्मको उच्च माग भएपछि विर्तामोडस्थित पाथिभरा हलले समेत सुरूमै शोज थपेको छ। ३ शोजबाट ४ शोज बनाएको छ ।

सुयोग गुरुङको निर्देशित यस फिल्ममाअनमोलसहित अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अभिनयमा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनयमा छन्। अनन्या फिल्मस्’को ब्यानरमा तयार यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्