Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

अजय देवगनको ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

२९ आश्विन २०८२, बुधबार १७:५५

काठमाडौँ। बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा अजयले आशिष मेहराको भूमिकालाई निरन्तरता दिएका छन्। रकुल प्रीत सिंह आयशा खुरानाको भूमिकामा छिन्। सिक्वेलमा अजयलाई आयशाका अभिभावकलाई मनाउने चुनौती छ। अभिभावकको भूमिकामा भने आर माधवन र गौतमी कपुर देखिएका छन्।

ट्रेलरको सुरूवातमा आयशाले आफ्ना अभिभावकलाई आफूले एकजनालाई भेटेको बताउँछिन्।, तर उनी आफूभन्दा जेठो र सम्बन्धविच्छेद भइसकेको स्पष्ट पार्छिन्।

यद्धपी, प्रगतिशील अभिभावक भएकोले उनीहरू आयशाको प्रेमीलाई भेट्न सहमत हुन्छन्। रोमान्टिक कमेडी जनरामा बनेको फिल्ममा प्रेमसहित सन्तान र अभिभावकबीचको सम्बन्धको कुरा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्