Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

अजय देवगनको ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक

२९ आश्विन २०८२, बुधबार १७:५५

काठमाडौँ। बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा अजयले आशिष मेहराको भूमिकालाई निरन्तरता दिएका छन्। रकुल प्रीत सिंह आयशा खुरानाको भूमिकामा छिन्। सिक्वेलमा अजयलाई आयशाका अभिभावकलाई मनाउने चुनौती छ। अभिभावकको भूमिकामा भने आर माधवन र गौतमी कपुर देखिएका छन्।

ट्रेलरको सुरूवातमा आयशाले आफ्ना अभिभावकलाई आफूले एकजनालाई भेटेको बताउँछिन्।, तर उनी आफूभन्दा जेठो र सम्बन्धविच्छेद भइसकेको स्पष्ट पार्छिन्।

यद्धपी, प्रगतिशील अभिभावक भएकोले उनीहरू आयशाको प्रेमीलाई भेट्न सहमत हुन्छन्। रोमान्टिक कमेडी जनरामा बनेको फिल्ममा प्रेमसहित सन्तान र अभिभावकबीचको सम्बन्धको कुरा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्