Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

१ कार्तिक २०८२, शुक्रबार २१:२७
काठमाडौँ। कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखिएको छ, जहाँ उनी ओठमा हाँसो र आँखामा आँसुका साथ देखिएका छन्। पोस्टरले अशोकको संघर्ष र सफलताको कथा संकेत गर्छ। टंक बुढाथोकी निर्देशित फिल्ममा सरोज खनाल, निता ढुङ्गाना, बुद्धि तामाङ, रमेश विश्वकर्मा, भोला सापकोटा र रवीन्द्र झा लगायत कलाकारको अभिनय छ। ‘कथा जिरोदेखि हिरोसम्म’ भन्ने ट्यागलाइनसहितको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारीलगायत पनि देखिने छन्। फिल्मको कथा र संगीत निर्देशक बुढाथोकीकै हो भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्