Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
कला र मनोरन्जन

‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

१ कार्तिक २०८२, शुक्रबार २१:२७
काठमाडौँ। कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखिएको छ, जहाँ उनी ओठमा हाँसो र आँखामा आँसुका साथ देखिएका छन्। पोस्टरले अशोकको संघर्ष र सफलताको कथा संकेत गर्छ। टंक बुढाथोकी निर्देशित फिल्ममा सरोज खनाल, निता ढुङ्गाना, बुद्धि तामाङ, रमेश विश्वकर्मा, भोला सापकोटा र रवीन्द्र झा लगायत कलाकारको अभिनय छ। ‘कथा जिरोदेखि हिरोसम्म’ भन्ने ट्यागलाइनसहितको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारीलगायत पनि देखिने छन्। फिल्मको कथा र संगीत निर्देशक बुढाथोकीकै हो भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि. गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्