Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
कला र मनोरन्जन

संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

१२ कार्तिक २०८२, मंगलवार १७:०८

काठमाडौं। गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गत शनिवारदेखि प्रहरी हिरासतमा रहेका संगीतकर्मी बाबुल गिरीलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गायिका पौडेलका दाजुसहितका आफन्तको उजुरीका आधारमा संगीतकर्मी गिरी पक्राउ परेका हुन् । भनिन्छ, बाबुल र नितुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो भने पछिल्लो समय उनीहरुबीचको सम्बन्ध बिग्रिएको थियो ।

गत कात्तिक १ गते शनिवार अनामनगरस्थित संगीतकर्मी गिरीकै स्टुडियोमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उपचारका क्रममा गायिका पौडेलको कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

गायिका पौडेलको मृत्युपछि संगीतकर्मी गिरी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको छ ।

प्रहरीसँगको प्रारम्भिक बयानमा संगीतकर्मी गिरीले गायिका पौडेलसंगको प्रेम सम्बन्ध स्वीकारेका छन् । उनको भनाइ छ– ‘प्रेम सम्बन्ध थियो, तर खटपट भएर विवाह नगर्ने भन्ने कुरा गलत हो । मेरो बुवाको मृत्युका कारण विवाह हुन सकेन । मैले आत्महत्या गर्न बाध्य पारेको होइन ।’

अदालतबाट थप पाँच दिनको समय पाएपछि प्रहरीले यो घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्