Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

१२ कार्तिक २०८२, मंगलवार १७:०८

काठमाडौं। गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गत शनिवारदेखि प्रहरी हिरासतमा रहेका संगीतकर्मी बाबुल गिरीलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गायिका पौडेलका दाजुसहितका आफन्तको उजुरीका आधारमा संगीतकर्मी गिरी पक्राउ परेका हुन् । भनिन्छ, बाबुल र नितुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो भने पछिल्लो समय उनीहरुबीचको सम्बन्ध बिग्रिएको थियो ।

गत कात्तिक १ गते शनिवार अनामनगरस्थित संगीतकर्मी गिरीकै स्टुडियोमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उपचारका क्रममा गायिका पौडेलको कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

गायिका पौडेलको मृत्युपछि संगीतकर्मी गिरी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको छ ।

प्रहरीसँगको प्रारम्भिक बयानमा संगीतकर्मी गिरीले गायिका पौडेलसंगको प्रेम सम्बन्ध स्वीकारेका छन् । उनको भनाइ छ– ‘प्रेम सम्बन्ध थियो, तर खटपट भएर विवाह नगर्ने भन्ने कुरा गलत हो । मेरो बुवाको मृत्युका कारण विवाह हुन सकेन । मैले आत्महत्या गर्न बाध्य पारेको होइन ।’

अदालतबाट थप पाँच दिनको समय पाएपछि प्रहरीले यो घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्