Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
कला र मनोरन्जन

धर्मेन्द्रको स्वास्थ्यमा सुधार, ९० औं जन्मदिन भव्यताका साथ मनाउने

१ मंसिर २०८२, आईतवार १७:३१

एजेन्सी। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था बिस्तारै सुधार हुँदै गएको छ।

स्रोतहरूका अनुसार, उनको स्वास्थ्य पहिलेभन्दा राम्रो छ र उनी चाँडै पूर्ण रूपमा स्वस्थ हुनेछन्। परिवार र चिकित्सक टोलीले उनको पूरा हेरचाह गरिरहेका छन्।

धर्मेन्द्रका प्रशंसकहरूले पनि उनको चाँडो स्वास्थ्य लाभ र फर्किन प्रार्थना गरेका छन्।

आउँदो ८ डिसेम्बर २०२५ मा धर्मेन्द्रको ९०औँ जन्मदिन पर्न आएको छ, जुन उनले आफ्नो परिवारसँग धुमधामले मनाउनेछन्। यस विशेष अवसरका लागि देओल परिवारले तयारी सुरू गरिसकेको छ।

उनका फ्यानहरू पनि उत्साहित छन् कि उनी स्वास्थ्य सुधारसँगै फेरि मुस्कुराउँदै मंचमा देखिनेछन्।

बलिउडका ‘हीम्यान’ भनेर चिनिने धर्मेन्द्रको यस वर्ष एक ठूलो फिल्म पनि रिलिज हुँदैछ, जसले यो उत्सवलाई दोब्बर खुशी बनाउनेछ।

अक्टोबरमा सास फेर्न गाह्रो भएसँगै धर्मेन्द्रलाई मुंबईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, तर अहिले उनी जुहूस्थित आफ्नै निवासमा चिकित्सकको निगरानीमा छन् र दिनप्रतिदिन बेहतर महसुस गरिरहेका छन्।

उनकी पत्नी हेमा मालिनी र उनका नजिकिका सलमान खान, अमिताभ बच्चनले पनि उनको चाँडो स्वास्थ्य लाभको कामना गरेका छन्।

अमिताभ बच्चनका नाति अग्रस्त्य नन्दाको फिल्म ‘इक्कीस’ मा धर्मेन्द्र आगामी पटक देखिँदैछन्, जुन २५ डिसेम्बरमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्