Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

सकियो ‘कुमारी’को छायांकन

१ मंसिर २०८२, आईतवार १७:५५

काठमाडौं। दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘कुमारी’को छायांकन सकिएको छ।

१७ भदौदेखि सुरु भएको छायांकन औपचारिक रूपमा २९ कात्तिकमा पूरा भएको हो। छायांकन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने निर्माण टिमको भनाइ छ।

पोस्ट-प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए। यो चलचित्रबाट अभिषेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्।

उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपि लुहार चलचित्रमा देखिनेछन्।

चलचित्रको छायांकन निर्देशन सुशन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेनमेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्