Trending
उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |    
कला र मनोरन्जन

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

१८ मंसिर २०८२, बुधबार १५:३२

काठमाडौं। यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन् ।

‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना पाँचवटा चेनमा ११ शो दिएको छ । वान सिनेमाजले दुईवटा आउटलेटमा ६ वटा शो उपलब्ध गराएको छ । विग मुभिजले २, एफक्युबले २ शो दिएको छ । अन्य सिनेमा हलले पनि यस्तै अनुपातमा शो उपलब्ध गराएका छन् ।

सोमबार भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको खुलेर तारिफ भएको थियो । विषय, प्रस्तुति र अभिनयको तारिफ गरिएको सिनेमा हेर्नै पर्ने प्रतिक्रिया आएको थियो ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्