Trending
लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य     |     मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा     |     विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै     |     माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा     |     आज लुम्बिनी र विराटनगर खेल्दै     |     ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला     |     कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता     |     नेपाल चाइनिज ताइपेसँग पराजित     |     एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित     |     एनपीएलमा जनकपुरको पहिलो जित     |    
कला र मनोरन्जन

‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला

१८ मंसिर २०८२, बुधबार १५:३२

काठमाडौं। यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन् ।

‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना पाँचवटा चेनमा ११ शो दिएको छ । वान सिनेमाजले दुईवटा आउटलेटमा ६ वटा शो उपलब्ध गराएको छ । विग मुभिजले २, एफक्युबले २ शो दिएको छ । अन्य सिनेमा हलले पनि यस्तै अनुपातमा शो उपलब्ध गराएका छन् ।

सोमबार भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको खुलेर तारिफ भएको थियो । विषय, प्रस्तुति र अभिनयको तारिफ गरिएको सिनेमा हेर्नै पर्ने प्रतिक्रिया आएको थियो ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्