काठमाडौं। चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले मंसिर २० (शनिबार) सम्मको तथ्यांक सार्वजनिक गरेको छ। त्यसमा नीर शाह अभिनित ‘परान’ले १७ करोडको आकडा पार गरेको छ।
१७ करोड कमाएको चर्चित ‘जारी’ फिल्मको सिक्वेल ‘जारी २’को ग्रस कमाइ ६ करोड २३ लाख रूपैयाँ पुगेको छ। सोही अवधिमा टिकट बिक्री संख्या २ लाख ७ हजार पुगेको छ। यसमा दयाहाङ राई, मिरूना मगर, ॠचा शर्मालगायतको अभिनय छ।
बालागायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ले अहिलेसम्म ३ करोड ७९ लाख रुपैयाँको ग्रस कमाइ गरेको छ।
सोही अवधिमा यसको टिकट बिक्री संख्या १ लाख ४५ हजार नाघेको छ।