Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
कला र मनोरन्जन

‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा

२४ मंसिर २०८२, मंगलवार २०:४६

काठमाडौं। चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले आज पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ ।

वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । दुवै प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको प्रतित हुन्छ ।

पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, जो कीर्तिपुर सहर जस्तो देखिन्छ ।

पोस्टरमा कलर टोनजस्तो देखिने हरियो रङ छन् । यसले पोजेटिभ स्टोरी चलचित्रले भन्ने संकेत गरेको छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी भने दिएको छैन ।

‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्दैछन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्