Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित

२७ मंसिर २०८२, शुक्रबार २१:१४

एजेन्सी। रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा २०० करोड क्लबमा प्रवेश गरिसकेको छ।

भारतमा यो फिल्मलाई निकै मन पराइएको छ, तर अब यो फिल्म ६ गल्फ मुलुकमा प्रतिबन्धित गरिएको छ। फिल्म निर्माताहरूले धेरै प्रयास गरे पनि फिल्म प्रदर्शनको अनुमति दिइएन।

रिपोर्टअनुसार, ‘धुरन्धर’ फिल्म बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र युएईमा रिलिज हुनेछैन। ती देशका अधिकारीहरूले यसलाई ‘एन्टी–पाकिस्तान’ फिल्म भन्दै रिलिज गर्न अस्वीकार गरेका छन्।

फिल्मसँग नजिकको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ, “पहिले नै आशंका गरिएको थियो कि यस्तो हुन सक्छ, किनकि फिल्मलाई ‘एन्टी–पाकिस्तान फिल्म’ मानिएको छ। टिमले प्रयास त गर्‍यो, तर कुनै पनि देशले फिल्मको विषयवस्तुलाई अनुमति दिएन। यही कारणले ‘धुरन्धर’ कुनै पनि गल्फ देशमा रिलिज हुन सकेन।”

२०० करोड क्लबमा प्रवेश

‘धुरन्धर’ ले भारतमा कुल २१८ करोड रूपैयाँको कलेक्सन गरिसकेको छ। फिल्म क्रिटिक तरण आदर्शका अनुसार, बिहीबार मात्र फिल्मले २९ करोड ४० लाख कमाइ गरेको छ, जुन यसको ओपनिङ कलेक्सन (२८.६० करोड) भन्दा पनि बढी हो।

कुल कलेक्सन – २१८ करोड
दोस्रो हप्तासम्म फिल्म ३०० करोड क्लबमा पनि प्रवेश गर्न सक्छ। फिल्मका पात्र र गीतहरू लगातार चर्चामा रहेका छन्। फिल्ममा रहमान डकैतको भूमिका निभाएका अक्षय खन्नाको हुक–स्टेप पनि निकै भाइरल हुँदैछ।

फिल्ममा रणवीर सिंहले एक खुफिया एजेण्टको भूमिका निभाएका छन्, जो अन्डरकभर भएर पाकिस्तानमा मिसनमा जान्छन्।

उनीसँगै सारा अर्जुन लिड रोलमा छन्। यस्तै संजय दत्त, अर्जुन रामपाल र आर. माधवन पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्