Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
कला र मनोरन्जन

‘झरीपछिको इन्द्रेणी’को सेन्सर पास

२ पुष २०८२, बुधबार २१:२८

काठमाडौं। पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।

यो सिनेमालाई सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया मिलेको छ । २ घण्टा १९ मिनेट लम्बाईको सिनेमाले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने बुझाई उनीहरुको थियो ।

हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको सिनेमाले गहन विषयवस्तुलाई सुक्ष्म ढंगले देखाएको भन्दै तारिफ गरेको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

यो सिनेमामा समावेश काठमाडौं कमानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको गत सोमबार सार्वजनिक गीत ‘आम नेपाली बुबा’ले दर्शकमाझ उच्च हाइप बनाएको छ । जसको प्रभाव बक्सअफिसमा देखिने अपेक्षा निर्माण टिमको छ ।

आगामी शुक्रबार रिलिज हुने सिनेमा सेन्सर पास भएसँगै यो सिनेमाको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ । यो समाचार तयार पार्दासम्म देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज लगायतक हलले अग्रीम टिकट बुकिङ खुल्ला गरेका हुन्।

सुरुवाती चरणमा यो सिनेमालाई क्युएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शोसहित २२ शो दिएको छ ।

यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले ६ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाले २ शोसहित देशभर करिब ५९ शोमा अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । अन्य हलमा भने बुकिङ खुल्ने चरणमा भएकाले भोली बिहीबार साँझसम्म फाइनल शो आउनेछ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्