Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन

३ पुष २०८२, बिहीबार १५:५१

काठमाडौँ। निर्देशक माओत्से गुरुङले फिल्म ‘पेन्सनपट्टा’ को छायांकन सुरु गरेका छन्। कास्कीको ताङतिङ गाउँमा शुभ मुहूर्तसहित छायांकन सुरु गरिएको निर्देशक गुरुङले बताए। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्।

३५ दिनसम्म छायांकन गर्ने टिमको तयारी छ। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कालाकारको अभिनय रहनेछ।

फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्म भने लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउन खोजेको निर्देशक गुरुङ बताए।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहनेछ।

यसअघि गुरुङले ‘दयारानी’ निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्