Trending
रविलाई रिहा गर्न आदेश     |     रवि र छविको मुद्दामा सुनुवाइ सकियो     |     सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत     |     माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन     |     एमाले महासचिवमा शंकर पोखरेल विजयी     |     महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल     |     यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी     |     विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित     |     एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित     |     सुनचाँदीको मूल्य बढ्यो     |    
कला र मनोरन्जन

माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन

३ पुष २०८२, बिहीबार १५:५१

काठमाडौँ। निर्देशक माओत्से गुरुङले फिल्म ‘पेन्सनपट्टा’ को छायांकन सुरु गरेका छन्। कास्कीको ताङतिङ गाउँमा शुभ मुहूर्तसहित छायांकन सुरु गरिएको निर्देशक गुरुङले बताए। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्।

३५ दिनसम्म छायांकन गर्ने टिमको तयारी छ। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कालाकारको अभिनय रहनेछ।

फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्म भने लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउन खोजेको निर्देशक गुरुङ बताए।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहनेछ।

यसअघि गुरुङले ‘दयारानी’ निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्