Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

तामाङ सेलो गीत ‘हिमाली भेगैमा’ मा देखिए कैलाश कठायत र निरुता राई

१८ पुष २०८२, शुक्रबार १४:३२

काठमाडौँ। प्रतिभाशाली गायिका निरुता राईको नयाँ म्युजिक भिडियो ‘हिमाली भेगैमा’ सार्वजनिक भएको छ।

उक्त गीतमा बसन्ती लामाको शब्द र संगीत तथा सुन्दर लामाको एरेन्ज रहेको छ। उक्त गीतको म्युजिक भिडियो गायिका स्वयं निरुता राईकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

विक्रम चौहानको निर्देशनमा निर्माण भएको उक्त म्युजिक भिडियोमा मोडल कैलाश कठायत र गायिका स्वयं निरुता राइको अभिनय रहेको छ ।
विगत लामो समय देखि गायनमा सक्रिय गायिका राईका तिम्रै माया लाग्छ,च्याङ्बा, आउ आउ, जिन्दगी लगायत दर्जनौं गीतहरु लाखौं दर्शक तथा श्रोताहरु माझ निकै लोकप्रिय रहेका छन।

पछिल्लो सार्वजनिक तामाङ सेलो जेनेराको हिमाली भेगैमा गीत छोटो समयमै दर्शक श्रोताहरुको माया बटुल्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्