Trending
ईक्यान चुनावमा सुरज सिलवालले गरे सचिव पदमा उम्मेदवारी घोषणा     |     तामाङ सेलो गीत ‘हिमाली भेगैमा’ मा देखिए कैलाश कठायत र निरुता राई     |     सन् २०२५ मा १२८ पत्रकारको हत्या     |     तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एन्फाले तोक्यो निर्वाचनको मिति     |     टी-२० विश्वकप खेल्न अफगानिस्तानको टोली घोषणा     |     दोस्रो पावर तेक्वान्दोको तयारी पूरा     |     चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम     |     पेट्रोल र डिजेलको मूल्य घट्यो     |    
कला र मनोरन्जन

तामाङ सेलो गीत ‘हिमाली भेगैमा’ मा देखिए कैलाश कठायत र निरुता राई

१८ पुष २०८२, शुक्रबार १४:३२

काठमाडौँ। प्रतिभाशाली गायिका निरुता राईको नयाँ म्युजिक भिडियो ‘हिमाली भेगैमा’ सार्वजनिक भएको छ।

उक्त गीतमा बसन्ती लामाको शब्द र संगीत तथा सुन्दर लामाको एरेन्ज रहेको छ। उक्त गीतको म्युजिक भिडियो गायिका स्वयं निरुता राईकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

विक्रम चौहानको निर्देशनमा निर्माण भएको उक्त म्युजिक भिडियोमा मोडल कैलाश कठायत र गायिका स्वयं निरुता राइको अभिनय रहेको छ ।
विगत लामो समय देखि गायनमा सक्रिय गायिका राईका तिम्रै माया लाग्छ,च्याङ्बा, आउ आउ, जिन्दगी लगायत दर्जनौं गीतहरु लाखौं दर्शक तथा श्रोताहरु माझ निकै लोकप्रिय रहेका छन।

पछिल्लो सार्वजनिक तामाङ सेलो जेनेराको हिमाली भेगैमा गीत छोटो समयमै दर्शक श्रोताहरुको माया बटुल्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्