Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

सलमान खानको ‘ब्याटल अफ गलवान’को गीत सार्वजनिक

१२ माघ २०८२, आईतवार १६:५०

काठमाडौँ। बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक गरिएको छ। ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही सलमान खानसँग एउटै फ्रेममा देखिएका छन्।

देशभक्तिको भावना समेटिएको गीतमा अनुपविक्रम र सलमानको सह–उपस्थिति देखिएसँगै नेपाली दर्शकमाझ पनि गीतले विशेष चासो पाएको छ।

केही समयअघि अनुपविक्रम सलमानसँगै फिल्म खेल्दैछन् भन्ने चर्चा चलेको थियो। यद्यपि उनी फिल्मको मुख्य भूमिकामा भने छैनन्। तर सार्वजनिक भएको गीतमा उनी सलमानसँगै देखिएका छन्।

गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ। सलमान खान फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्देशन अपूर्व लाखियाले गरेका हुन्।

‘ब्याटल अफ गलवान’ सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको घटनामा आधारित छ। फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन् भने नेपाली अभिनेता अनुपविक्रम शाहीसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको समेत अभिनय रहेको छ।

फिल्म आगामी १७ अप्रिल देखि प्रदर्शनमा आउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्