Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

१२ माघ २०८२, आईतवार १७:२२

काठमाडौं। बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच निकै उत्साह जगाएको छ ।

अभिनेता शाहरूखको ६०औँ जन्मदिनमा मेकर्सले सार्वजनिक गरेको टिजरले फ्यानहरूलाई रोमाञ्चित बनाएको थियो ।

शनिबार २४ जनवरी, मा शाहरूखले आफ्नो सोशल मिडियामा फिल्मको छोटो क्लिप शेयर गरेका थिए । यस मार्फत किङ्गको प्रदर्शन मिति पनि २४ डिसेम्बर २०२६ (पुस ९ ) घोषणा गरिएको छ।

टिजरमा शाहरूखलाई हिमाली पहाडहरूमा उभिएर चिच्याउँदै, एक्शन अवतारमा देखाइएको छ । भिडियोले फिल्मको रोमाञ्चक र जोसिलो कथावस्तुको संकेत दिएको छ । फ्यानहरूले प्रतिक्रिया दिएका छन्, ‘यो केवल घोषणा होइन, यो चेतावनी हो कि किङ्ग फर्किएको छ।’ अर्का फ्यानले भने, ‘बक्स अफिसमा २००० करोड रुपैयाँ पक्का छ।’

यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् भने फिल्मको छायांकन विभिन्न लोकेशनमा जारी नै छ । यसमा शाहरूखसँगै उनकी छोरी सुहाना खानले ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

फिल्ममा थप कलाकारहरूमा दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर, रानी मुखर्जी, अरशद वारसी, अभय वर्मा र राघव जुयाल रहेका छन् । सबै कलाकार फरक–फरक भूमिकामा फिल्मलाई रोमाञ्चक र आकर्षक बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्