Trending
किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |     एनआरटीको कठिन जित     |     सलमान खानको ‘ब्याटल अफ गलवान’को गीत सार्वजनिक     |     अन्तिम अभ्यास खेलमा नेपालको जित     |     हुम्लामा हिमपात, जनजीवन प्रभावित     |    
कला र मनोरन्जन

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

१२ माघ २०८२, आईतवार १७:२२

काठमाडौं। बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच निकै उत्साह जगाएको छ ।

अभिनेता शाहरूखको ६०औँ जन्मदिनमा मेकर्सले सार्वजनिक गरेको टिजरले फ्यानहरूलाई रोमाञ्चित बनाएको थियो ।

शनिबार २४ जनवरी, मा शाहरूखले आफ्नो सोशल मिडियामा फिल्मको छोटो क्लिप शेयर गरेका थिए । यस मार्फत किङ्गको प्रदर्शन मिति पनि २४ डिसेम्बर २०२६ (पुस ९ ) घोषणा गरिएको छ।

टिजरमा शाहरूखलाई हिमाली पहाडहरूमा उभिएर चिच्याउँदै, एक्शन अवतारमा देखाइएको छ । भिडियोले फिल्मको रोमाञ्चक र जोसिलो कथावस्तुको संकेत दिएको छ । फ्यानहरूले प्रतिक्रिया दिएका छन्, ‘यो केवल घोषणा होइन, यो चेतावनी हो कि किङ्ग फर्किएको छ।’ अर्का फ्यानले भने, ‘बक्स अफिसमा २००० करोड रुपैयाँ पक्का छ।’

यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् भने फिल्मको छायांकन विभिन्न लोकेशनमा जारी नै छ । यसमा शाहरूखसँगै उनकी छोरी सुहाना खानले ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

फिल्ममा थप कलाकारहरूमा दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर, रानी मुखर्जी, अरशद वारसी, अभय वर्मा र राघव जुयाल रहेका छन् । सबै कलाकार फरक–फरक भूमिकामा फिल्मलाई रोमाञ्चक र आकर्षक बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्