Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
कला र मनोरन्जन

चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब ‘डिशहोम गो’मा

२४ माघ २०८२, शुक्रबार १७:४७

काठमाडाैं। नेपाली मनोरञ्जन क्षेत्रलाई डिजिटल माध्यमबाट अझ सशक्त बनाउँदै आएको डिशहोम गोले आफ्ना दर्शकहरूका लागि दुई सफल तथा दर्शकप्रिय नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ ।

प्रदर्शनका क्रममा दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको छ ।

नेपालभित्र दर्शकहरूले यी चलचित्र.२२५ रूपैयाँमा हेर्न सक्नेछन् भने नेपालबाहिर रहेका दर्शकहरूले 1.99 अमेरिकी डलरमा डिशहोम गोमार्फत चलचित्रको मनोरञ्जन लिन सक्ने डिशहोम गोले जनाएकाे छ ।

‘ह्यारी कि प्यारी’ निर्देशक डा. कपिल रिजाल तथा निर्माता डा. भोला रिजालको प्रस्तुति हो । जितु नेपाल, सम्राज्ञी आर.एल. शाह, विजय बराल र लक्ष्मी गिरीको अभिनय रहेको यस रोमान्टिक कमेडी चलचित्रले हलको प्रदर्शनका क्रममा दर्शकहरूलाई हँसाउँदै र भावुक बनाउँदै राम्रो चर्चा कमाएको थियो ।

सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतार–चढावलाई सहज र रमाइलो शैलीमा प्रस्तुत गरिएको यो चलचित्र विशेषगरी पारिवारिक दर्शकहरूबीच निकै रुचाइएको छ ।

त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङ र सन्तोष सेन तथा निर्माता सन्तोष सेनको ऐतिहासिक प्रेमकथा हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको सशक्त अभिनयले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ ।

डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विविध नेपाली र अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने अग्रणी ओटीटी प्लेटफर्म हो ।

मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जहाँसुकै र जुनसुकै समयमा हेर्न सकिने सुविधासहित डिशहोम गोले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली दर्शकलाई आफ्नो संस्कृति र मनोरञ्जनसँग जोड्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्