Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
कला र मनोरन्जन

म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती

२८ माघ २०८२, मंगलवार २१:०२

काठमाडौँ। अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नआउने स्पष्ट पारेका छन्।

काठमाडौँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ निर्माणको घोषणा कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले कलाकार भएर नै आफ्नो भूमिका निर्वाह गर्ने बताएका हुन्।

उप्रेतीले पछिल्लो समय विभिन्न क्षेत्रका सफल व्यक्तिलाई राजनीतिमा आउन दबाब दिने प्रवृत्ति गलत रहेको टिप्पणी गरे। आफू जुन क्षेत्रमा दक्ष छ, त्यहीँ बसेर देशका लागि योगदान गर्नुपर्ने उनको भनाइ छ। दर्शकले कलाकारका रूपमा माया गरेकाले आफू कलाकारितामै रमाउने उनले बताए।

उनले प्रत्यक्ष रूपमा राजनीति नगरे पनि नागरिकले राजनीति बुझ्नुपर्ने आवश्यकता औँल्याए। देशको भविष्य र विकासका लागि राजनीति बुझ्नु जरुरी रहेको भन्दै उनले सचेत मतदाताले उम्मेदवारलाई प्रश्न गरी सही व्यक्ति छनोट गर्नुपर्ने बताए।

चलचित्र ‘कस्तुरी’ को छायाङ्कन आजदेखि काठमाडौँ उपत्यकाबाट सुरु गरिएको छ । ऋत बोहोराको निर्देशनमा बन्ने फिल्ममा निखिल उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमलगायत कलाकारको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्