Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक

२८ माघ २०८२, मंगलवार २१:२४

काठमाडौँ। कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित टेम्के मैयुङको गाउँपालिकाको अत्यन्तै पर्यटन सम्भावना बोकेको स्थल टेम्के डाँडा आसपासको भूगोलमा छायाङ्कन गरिएको म्युजिक भिडियो ‘मायाजाल मोहनी’ सार्वजनिक भएको छ।

एभरेष्ट ग्यालरीको निर्माणमा तयार भएको उक्त भिडियोमा सनम कठायतको साथमा मोडल सृष्टि खड्काको आकर्षक अभिनय देख्न सकिन्छ।

गीतमा सौगात जङ्ग थापा र अनु चौधरीको स्वर रहेको छ । संगीत गायक स्वयं थापाकै रहेको छ भने शब्द रचना नेपाल सरकारका उपसचिव तथा गीतकार अमरदीप सुनुवारको रहेको छ ।

एभरेष्ट ग्यालरीले अघि सारेको “दृश्यमा नेपाल” राष्ट्रिय अभियानअन्तर्गत निर्माण गरिएको यस म्युजिक भिडियोले छायाङ्कन स्थल टेम्के डाँडा आसपासको पर्यटन सम्भावना र सुन्दर भूगोललाई देश तथा विदेशसम्म प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

गीतकार अमरदीप सुनुवारकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियो रिलिज भएको छोटो समयमै दर्शक–श्रोतामाझ चर्चा बटुल्न सफल भएको छ।

दिपक गिरीको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा सह–निर्देशन पुनम श्रेष्ठले गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्