Trending
मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो     |     पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बल्खुदेखि कलंकीसम्म ट्रकको लामो लाइन     |     नारायणीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास असफल     |     कांग्रेस देउवा समूहद्वारा महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण     |     चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण     |     नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |    
समाचार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

१४ आश्विन २०८३, बुधबार २०:५८

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ५ लाख ९९ हजार ७२९ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्