Trending
शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान     |     मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता     |     विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |     प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |    
खोज अनुसन्धान

अर्को ललिता घोटाला

३० जेष्ठ २०८१, बुधबार १३:१३

बालुवाटारस्थित ललिता निवास श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो। नेपाली कांग्रेसका नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि। २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा सुवर्णशमशेर उपप्रधानमन्त्री थिए ।

राजा महेन्द्रले २०१७ पुस १ गते बीपीसहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो। उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए। महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान सङ्केत गरेका थिए !

२०२१ मङ्सिरमा गृह मन्त्रालयका तर्फबाट राजपत्रमा प्रकाशित सूचना अनुसार अधिग्रण गरिएका राणाकालीन ६ वटा दरबार क्षेत्रका एक हजार दुई सय ९८ रोपनी पाँच आना एक पैसामा चर्चेको क्षेत्रफल उल्लेख छ। त्यसमध्ये ललितानिवासको दुई सय ९९ रोपनी नौ आना तीन पैसा जग्गामा सुवर्णशमशेर र कञ्चनशमशेर (सुवर्णका छोरा) १४ रोपनी ११ आना जग्गामात्र जफत भएको राजपत्रमा उल्लेख छ ।

उक्त ललिता निवासको जग्गा पूर्व अर्थमन्त्री तथा नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि किनेका थिए । यसरी सरकारी जग्गाको भोगचलन गरेको भन्दै व्यावसायी मीनबहादुर गुरुङमुख्य दोषी ठहरिएका थिए । तिनै मीनबहादुर गुरुङ अहिले नेपाल ट्रष्टको स्वामित्वमा रहेको अन्नपूर्ण होटेलको साहु कपिल राणा, उनकी श्रीमती सिर्जना राणा, निजी विद्यालयका सञ्चालक, नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठको सांठगाँठमा ४१ रोपनी जग्गा हडपेर नयाँ संरचना निर्माण गरिराखेका छन् ।

लोकतन्त्रको घोषणपछि तत्कालिन राजा र उनका परिवारले चर्चेको अवैध सम्पत्ति राज्यको मातहतमा आइ त्यो नेपाल ट्रष्टको नाममा गएको थियो ।

अन्नपूर्णको शेयर कति छ ?

अन्नपूर्ण जुन होटेल डेल अन्नपूर्णबाट चिनिन्छ ।  २०४३ सालमा उक्त होटेलको १५ हजार ३६० शेयर ततत्कालिन अधिराजकुमार निराजनको स्वामित्वमा थियो । २०६६ सालमा १५ हजार ३६० शेयर र बोनसकारुपमा त्यत्ति नै शेयर प्रेक्षाको नामबाट प्रेरणाको नाममा गएको थियो । अहिले कायम रहेको ६१ हजार ४४० शेयर सबै नेपाल ट्रष्टको हुनु पर्नेमा २०६९ सालमा केवल १५ हजार ३६० कित्तामा मात्र नेपाल ट्रष्टको नाममा राखी ४६ हजार ८० कित्ता कपिल र सिर्जनाको नाममा रहेको छ । राजधानीको मुटुमा रहेको होटेल डेल अन्नपूर्णको सम्पत्तिमा भएको ब्रह्मलुट सरकारलाई अहिलेसम्म जानकारी नहुनु र कुनै प्रतिक्रिया नजनाउनुको पछाडिको रहस्य के होला ?

जग्गाको किचलो

अन्नपूर्ण होटेल परिसरमा ४१ रोपनी १ पैसा जमिन रहेको छ । उक्त क्षेत्रको १ आना जग्गाको हालको मूल्य ५ करोड रहेको छ । उक्त जिमनको हालको मूल्य ३२ अर्ब ८० करोड हुन आउँछ । हालको राज्यको नियम बमोजिम १५ रोपनीभन्दा बढि जमिनमा हदबन्दि लाग्दछ । तर ललिता निवास प्रकरणका मुख्य आरोपी मीनबहादुर गुरुङ र काँग्रेस नेता तथा पूर्वमन्त्री उमश श्रेष्ठ, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई ३० प्रतिशत शेयर बेचेर उक्त जमिन बैंकबाट अर्बौं ऋण लिएर नयाँ संरचना बनाइ राखेका छन् । स्मरणीय कुरा के छ भने उमेश श्रेष्ठ, चन्द्र ढकालका आफ्नै बैंकहरु रहेका छन् ।

अवैध क्यासिनो र मजदूर मारा

होटेल डेल अन्नपूर्ण पाँच तारे होटेल थियो । त्यहाँ भएको मजदूरहरुको सामाजिक भत्ता र अन्य सुविधा दिनु पर्ने अवस्था आएका पछि कोरोनाको नाममा २०७६ सालदेखि उक्त होटेल बन्द छ । अहिलेको प्रावधान अनुसार केवल पाँच तारे होटेलमा मात्र क्यासिनो सञ्चालन गर्न पाइन्छ । तर अहिलेसम्म त्यहाँ अवैधरुपमा क्यासिनो चलिराखेको छ । तर राज्यले कुनै कार्वाही चलाएको छैन ।

यसरी अन्नपूर्णमा जेजति अवैध काम, सरकारी जमिन हडप, शेयर कब्जा भएका छन् त्यसका पछाडि राज्य संचालकहरुको हात रहेको सजिलै बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्