Trending
सरकारी कामकाजमा मातृभाषा :दुई वर्षपछि पनि कार्यान्वयन अन्योल     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु     |     कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव     |     इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह     |     सुनचाँदीको मूल्य हालसम्मकै उच्च     |     थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु     |     सुन र चाँदीको मूल्य हालसम्मकै उच्च     |     आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |     अल्पायुमै अस्ताए प्रशान्त…     |    
खोज अनुसन्धान

उडड्यान प्राधिकरण डुबाउने हो ?

१६ मंसिर २०८१, आईतवार १२:३३

काठमाडौँ। नेपालको नागरिक उडड्यान प्राधिकरण भ्रष्टाचारको अखडा हो भन्दा केही फरक पर्दैन । लाउडा, चेज, वाइड बडिकाण्ड नागरिक उडड्यान प्राधिकरणका चर्चित भ्रष्टाचारहरु हुन् ।

यी भ्रष्टाचारले देशलाई ठूलो रकम अपचलन भएको छ, साथै केही मान्छेले अकुत सम्पत्ति कमाएका छन् । रातारात अर्बपति भएका छन् । तिनै मध्येका एक हुन नेपाल  सरकार (मन्त्रिपरिषद्) को मिति २०७८÷१०÷१७ को निर्णयानुसार नेपाल नागरिक  उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन  प्राधिकरणको रिक्त महानिर्देशक पदमा प्रदीप अधिकारी । महानिर्देशक पदमा नियुक्त भएदेखि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओली प्रधानमन्त्री भइसकेका छन् ।

साथै विभागीय मन्त्रीहरु पनि परिवर्तन भैसकेका छन् । उनी कसरी महानिर्देशकको पदमा विराजमान हुन सकेका छन् ? यी प्रश्नहरु अनुत्तरित छैनन् । यसको मुख्यकारण हो, अधिकारीले नीतिगत र प्रशासनिकरुपमा गरेको भ्रष्टाचार र त्यहाँबाट प्राप्त रकमको केही अंश मन्त्री, प्रधानमन्त्री, अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाएर आफ्नो लुटको स्वर्ग बचाउनु ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको समाचार लेखेवापत ह्वाट्सपबाट फोन गरी नेपाल ग्राउण्ड जिेरो डटकम अनलाइनका रिपोर्टर सुभक महत्तोलाई ज्यान मार्ने धम्की दिइएको थियो । यस घटनाबाट प्रदिप अधिकारी नेपाल नागरिक उडड्यान प्राधिकरणमा भएका पछिल्ला भ्रष्टाचारमा संलग्न भएको पुष्टि हुन्छ ।

कहाँ कति भ्रष्टाचार ?
पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा १८ अर्ब भ्रष्टाचार भएको खुलासा पहिला नै भएको हो । यसका बारेमा संसदको अध्ययन तथा अनुसन्धान उपसमिति,अन्तर्राष्ट्रिय समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग बयान लिइसकेको छ । महालेखा परीक्षकको प्रतिवेदनले पनि विमानस्थन निर्माणका क्रममा चरणचरणमा भ्रष्टाचार भएको उल्लेख गरेको छ ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जग्गा अधिकरणको क्रममा १० अर्ब भ्रष्टाचार भएको कुरा सार्वजनिक भएको छ । हुँदै नभएको १० विगाह जग्गा नक्कली बनाइ अधिकरण गरेको कागज बनाइएको छ ।

विमानसथललाई चाहिने उपकरण खरित गर्दा १ अर्बभन्दा बढि भ्रष्टाचार भएको प्रमाणहरु सार्वजनिक भएका छन् । यसरी खरिद गरिएका उपकरणहर सञ्चालनमा आएका छैनन् ।  प्रस्तावित नीजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्यांकन, कार्यालय सञ्चालन, नदि नियन्त्रणजस्ता काममा अहिलेसम्म १ अर्ब खर्च भइरहेको छ ।

प्रदिप अधिकारीको उमा कम्पनीलाई उक्त स्थानको नदि नियन्त्रणलाई ठेक्का दिइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निर्माण भएको भ्रष्टाचार, उपत्यका बाहिरका नेपालगञ्ज, जनकपुर ताल्चा, डोल्पाजस्ता १४ वटा भ्रष्टाचार भएका छन् ।

अर्को भ्रष्टाचारको क्षेत्र आन्तरिक र बाह्य उडान । यसको ज्वलन्त उदाहरण नीजि वायु सेवा कम्पनीहरु नाफामा जानु तर सरकारी घाटा जाने मात्र हैन कि विघटनको संघारमा पुग्नु हो । नेपाल वायु सेवा निगम किन सधैं घाटामा रहन्छ ? किन सधैं भ्रष्टाचारका मुद्दा आइरहन्छ ? (सम्झना रहोस् यही असोज १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ ।

किन राम्रो अवस्था हवाई जहाजलाई ग्राउण्डिड गरिन्छ ? आवश्यक पर्ने एआरटी विमानहरु किन किन्न दिइदैन ? नीजि वायु सेवालाई किन दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्न लगाइन्न ? किन १३ वटा जिल्लामा रहेको ३० ठाउँको जग्गा प्लटिङ गरिराखिएको छ ? किन नेपाली झण्डा बाहक जहाज विदेशको उडान भर्दा नाक खुम्च्याउने वातावरण बनाइएको छ ?

गत असोजमा भएको अतिवर्षाका कारण सडक यातायात पूर्णरुपले प्रभावित भएपछि काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका थिए । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाइएको थियो ।

आइतबारसम्म टिकट बिक्री भैसकेको भनी हवाइ यात्रालाई सर्वसाधारण र अत्यावश्यक यात्रा गर्नु पर्नेलाई कृतिम अभाव बनाइएको थियो ।
यी घटना पूर्ण भ्रष्टाचारसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्