Trending
सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड     |     ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय     |     साफ यू–१७ च्यम्पियनसिप : उद्घाटन खेलमा नेपाल विजयी     |     हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा     |     भारतमा पेट्रोलियम मूल्य बढ्दा पनि नेपालमा मूल्य यथावत राखियो     |     खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु     |     ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ     |     मुख्यमन्त्री कँडेल भने दल सबल भए मात्र राष्ट्र सबल बन्छ     |     वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा     |     नवनियुक्त ३ मन्त्रीले लिए शपथ     |    
कला र मनोरन्जन

ऐश्वर्या रायले हटाइन् आफ्नो नामबाट श्रीमान्‌को थर!

१३ मंसिर २०८१, बिहीबार १४:०१

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबई कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनको नामको अगाडि ‘बच्चन’ थर जोडिएको छैन ।

भिडियो सार्वजनिक भएसँगै ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गरेका हुन् कि भन्ने अड्कलबाजी बढेको छ । सार्वजनिक भिडियोमा फ्यानले विभिन्न खालका टिप्पणी गरिरहेका छन् । एक प्रयोगकर्ता लेख्छन्- ‘उनलाई आफ्नो नामको साथ कुनै थर चाहिँदैन । उनी एक्ली ऐश्वर्या राय हुन् ।’ अर्का प्रयोगकर्ता लेख्छन्- ‘बच्चन बिना उनको आफ्नै पहिचान छ ।’

जब ऐश्वर्या स्टेजमा आइन्, उनको नाम ‘ऐश्वर्या राय’ देखाइएको थियो । सम्बन्धविच्छेदको हल्ला चलिरहँदा बच्चनको उपनाम हटाएपछि मानिसहरु छक्क परेका छन् । ऐश्वर्याको परिचयबाट ‘बच्चन’ उपनाम हटाएपछि सामाजिक सञ्जालमा फेरि एकपटक सम्बन्धविच्छेदको अड्कलबाजी सुरु भएको छ ।

अहिले मानिसहरूले ऐश्वर्याले आफ्नो वैवाहिक नाम त्याग्ने सम्भावना रहेको बताएका छन् । तर, ऐश्वर्याको इन्स्टाग्राम अकाउन्ट हेर्दा त्यसमा कुनैसत्यता देखिएको छैन । ऐश्वर्याको भेरिफाइड अकाउन्टमा अहिले पनि उनको नाम ‘ऐश्वर्या राय बच्चन’ लेखिएको छ । यति मात्र होइन, उनले ऐश्वर्या राय बच्चनको छोटो नाम पनि एआरबी राखेका छन् ।

ऐश्वर्या-अभिषेकको सम्बन्धविच्छेदको खबरको चर्चाबीच अमिताभ बच्चनले हालै आफ्नो ब्लगमा आफ्नो पारिवारिक र व्यक्तिगत समस्या सेयर गरेका थिए । उनले लेखेका थिए, ‘परिवारबारे कुरा गर्नबाट म जोगिन्छु । तर, केही मान्छेले आफ्नो फाइदाका लागि यस्तो कुरा गर्छन् ।’

ऐश्वर्याले छोरी आराध्याको १३ औं जन्मदिनको सेलिब्रेसनको तस्वीर यस पोस्टको एक दिनअघि राति सेयर गरिन् । आराध्याको जन्मदिन नोभेम्बर १६ मा थियो । जुन सेलिब्रेसनमा बच्चन परिवारका कोही पनि सदस्य सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्