Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
कला र मनोरन्जन

ऐश्वर्या रायले हटाइन् आफ्नो नामबाट श्रीमान्‌को थर!

१३ मंसिर २०८१, बिहीबार १४:०१

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबई कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनको नामको अगाडि ‘बच्चन’ थर जोडिएको छैन ।

भिडियो सार्वजनिक भएसँगै ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गरेका हुन् कि भन्ने अड्कलबाजी बढेको छ । सार्वजनिक भिडियोमा फ्यानले विभिन्न खालका टिप्पणी गरिरहेका छन् । एक प्रयोगकर्ता लेख्छन्- ‘उनलाई आफ्नो नामको साथ कुनै थर चाहिँदैन । उनी एक्ली ऐश्वर्या राय हुन् ।’ अर्का प्रयोगकर्ता लेख्छन्- ‘बच्चन बिना उनको आफ्नै पहिचान छ ।’

जब ऐश्वर्या स्टेजमा आइन्, उनको नाम ‘ऐश्वर्या राय’ देखाइएको थियो । सम्बन्धविच्छेदको हल्ला चलिरहँदा बच्चनको उपनाम हटाएपछि मानिसहरु छक्क परेका छन् । ऐश्वर्याको परिचयबाट ‘बच्चन’ उपनाम हटाएपछि सामाजिक सञ्जालमा फेरि एकपटक सम्बन्धविच्छेदको अड्कलबाजी सुरु भएको छ ।

अहिले मानिसहरूले ऐश्वर्याले आफ्नो वैवाहिक नाम त्याग्ने सम्भावना रहेको बताएका छन् । तर, ऐश्वर्याको इन्स्टाग्राम अकाउन्ट हेर्दा त्यसमा कुनैसत्यता देखिएको छैन । ऐश्वर्याको भेरिफाइड अकाउन्टमा अहिले पनि उनको नाम ‘ऐश्वर्या राय बच्चन’ लेखिएको छ । यति मात्र होइन, उनले ऐश्वर्या राय बच्चनको छोटो नाम पनि एआरबी राखेका छन् ।

ऐश्वर्या-अभिषेकको सम्बन्धविच्छेदको खबरको चर्चाबीच अमिताभ बच्चनले हालै आफ्नो ब्लगमा आफ्नो पारिवारिक र व्यक्तिगत समस्या सेयर गरेका थिए । उनले लेखेका थिए, ‘परिवारबारे कुरा गर्नबाट म जोगिन्छु । तर, केही मान्छेले आफ्नो फाइदाका लागि यस्तो कुरा गर्छन् ।’

ऐश्वर्याले छोरी आराध्याको १३ औं जन्मदिनको सेलिब्रेसनको तस्वीर यस पोस्टको एक दिनअघि राति सेयर गरिन् । आराध्याको जन्मदिन नोभेम्बर १६ मा थियो । जुन सेलिब्रेसनमा बच्चन परिवारका कोही पनि सदस्य सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्