Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘दृश्यमा सुदूरपश्चिम’को पहिलो म्युजिक भिडियो ‘भुल्नै गाह्रो भो’ सार्वजनिक

२१ मंसिर २०८१, शुक्रबार १०:५४

काठमाडौँ। ‘दृश्यमा सुदूरपश्चिम’ अन्तर्गतको एक सामाजिक म्युजिक भिडियो ‘भुल्नै गाह्रो भो’ सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक तथा पर्यटकीय क्षेत्रहरुको संग्रहित म्युजिक भिडियो संग्रहसहितको “दृष्यमा सुदूरपश्चिम” छायाँकन गरिको उक्त म्युजिक भिडियोको एभरेस्ट ग्यालरीबाट औपचारिक रुपमा गत मंसिर २१ गते धनगढीको फ्लोरा होटेलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ द्वारा आयोजित ‘दृश्यमा सुदूरपश्चिम ’ समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए।

भिडियो सुदूरपश्चिम र कर्णाली प्रदेशको यथार्थ कहानीलाई चित्रण गरिएको छ । भिडियोमा धन कमाउन आफ्नो परिवारलाई छाडेर कामको खोजीमा भारत गएको र बुढी र आमा बुवाले साहुसंग लिएको ऋण तिर्न अहोरात्र भारतमा मजदुर गरेको भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा चर्चित मोडेल सनम कठायतको अद्भूत अभिनय रहेको छ । साच्चै यो म्युजिक भिडियोमा फिल्म भन्दा राम्रो कहानी र दृश्य हेर्न सकिन्छ। चर्चित गायक उमेश मुस्कान र गायिका अनु चौधारीको स्वर रहेको छ।  उक्त गीतमा गायक उमेश मुस्कानकै शब्द र संगीत रहेको छ ।भिडियोमा सनम कठायत र मिस पवित्रा सहित जोर्डन एसआर ,मोहन सुनार, खाड़क मल्ल , गणेश साउद र मनु सुनारलगायत कलाकारको अभिनय रहेको छ ।

दीपक गिरीको सिनेमेटोग्राफर रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादक गरेका छन्। भिडियोलाई जनक सिंहले निर्देशन गरेका हुन् । उक्त भिडियोको कथा/स्क्रिन प्ले कलाकार सनम कठायतले गरेका छन्।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्