Trending
अभिनेत्री वर्षा शिवाकोटी ‘गंगा रानी’ मा अनुबन्धित     |     पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन     |     अभिनेत्रीहरूले बोक्न थाले चलचित्रको कथा     |     प्रधानमन्त्रीद्वारा ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल     |     राखेपले क्यानका प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलायो     |     आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात     |     मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने     |     गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न १५ दिने सूचना     |     प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै     |     बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै     |    
कला र मनोरन्जन

‘दृश्यमा सुदूरपश्चिम’को पहिलो म्युजिक भिडियो ‘भुल्नै गाह्रो भो’ सार्वजनिक

२१ मंसिर २०८१, शुक्रबार १०:५४

काठमाडौँ। ‘दृश्यमा सुदूरपश्चिम’ अन्तर्गतको एक सामाजिक म्युजिक भिडियो ‘भुल्नै गाह्रो भो’ सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक तथा पर्यटकीय क्षेत्रहरुको संग्रहित म्युजिक भिडियो संग्रहसहितको “दृष्यमा सुदूरपश्चिम” छायाँकन गरिको उक्त म्युजिक भिडियोको एभरेस्ट ग्यालरीबाट औपचारिक रुपमा गत मंसिर २१ गते धनगढीको फ्लोरा होटेलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ द्वारा आयोजित ‘दृश्यमा सुदूरपश्चिम ’ समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए।

भिडियो सुदूरपश्चिम र कर्णाली प्रदेशको यथार्थ कहानीलाई चित्रण गरिएको छ । भिडियोमा धन कमाउन आफ्नो परिवारलाई छाडेर कामको खोजीमा भारत गएको र बुढी र आमा बुवाले साहुसंग लिएको ऋण तिर्न अहोरात्र भारतमा मजदुर गरेको भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा चर्चित मोडेल सनम कठायतको अद्भूत अभिनय रहेको छ । साच्चै यो म्युजिक भिडियोमा फिल्म भन्दा राम्रो कहानी र दृश्य हेर्न सकिन्छ। चर्चित गायक उमेश मुस्कान र गायिका अनु चौधारीको स्वर रहेको छ।  उक्त गीतमा गायक उमेश मुस्कानकै शब्द र संगीत रहेको छ ।भिडियोमा सनम कठायत र मिस पवित्रा सहित जोर्डन एसआर ,मोहन सुनार, खाड़क मल्ल , गणेश साउद र मनु सुनारलगायत कलाकारको अभिनय रहेको छ ।

दीपक गिरीको सिनेमेटोग्राफर रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादक गरेका छन्। भिडियोलाई जनक सिंहले निर्देशन गरेका हुन् । उक्त भिडियोको कथा/स्क्रिन प्ले कलाकार सनम कठायतले गरेका छन्।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्