Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
कला र मनोरन्जन

प्रकाश सपुत र परीक्षा लिम्बुले फिल्म ‘सोल्टिनी’मा जोडी बाँध्ने

२४ मंसिर २०८१, सोमबार १५:१०

काठमाडौं। प्रकाश सपुत र परीक्षा लिम्बुको शीर्ष अभिनयमा फिल्म ‘सोल्टिनी’ निर्माण हुने भएको छ।

चलचित्र ‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरेका छन् । परिचयात्मक भिडियोमार्फत चलचित्रका विषयवस्तु र पात्र प्रस्तुत गर्दै निर्माण जानकारी दिइएको हो । निर्माताले घोषणा भिडियोमार्फत फिल्मबारे जानकारी गराएका छन् । भिडियोमा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल न्यारेटरको रुपमा प्रस्तुत छन् ।

चलचित्रमा सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्ने भनेका छन् । लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै छिन् । चलचित्रमा अपुरो प्रेमको गहिरो कथामा निर्माण हुन लागेको हो ।

प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको चलचित्र पुस १५ देखि फ्लोरमा निस्कनेछ । यतिबेला चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसपमा छन् । चलचित्रको रिलिज मिति २०८२ असोज ३ गते संविधान दिवस भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्