Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
कला र मनोरन्जन

प्रकाश सपुत र परीक्षा लिम्बुले फिल्म ‘सोल्टिनी’मा जोडी बाँध्ने

२४ मंसिर २०८१, सोमबार १५:१०

काठमाडौं। प्रकाश सपुत र परीक्षा लिम्बुको शीर्ष अभिनयमा फिल्म ‘सोल्टिनी’ निर्माण हुने भएको छ।

चलचित्र ‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरेका छन् । परिचयात्मक भिडियोमार्फत चलचित्रका विषयवस्तु र पात्र प्रस्तुत गर्दै निर्माण जानकारी दिइएको हो । निर्माताले घोषणा भिडियोमार्फत फिल्मबारे जानकारी गराएका छन् । भिडियोमा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल न्यारेटरको रुपमा प्रस्तुत छन् ।

चलचित्रमा सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्ने भनेका छन् । लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै छिन् । चलचित्रमा अपुरो प्रेमको गहिरो कथामा निर्माण हुन लागेको हो ।

प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको चलचित्र पुस १५ देखि फ्लोरमा निस्कनेछ । यतिबेला चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसपमा छन् । चलचित्रको रिलिज मिति २०८२ असोज ३ गते संविधान दिवस भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्