Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
Uncategorized

एयर एम्बुलेन्स र सर्पदंस उपचारका लागि सेनासँग सहकार्य प्रस्ताव

८ माघ २०८१, मंगलवार ११:३७

८ माघ, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्दारका लागि प्रशंसा गरे ।

तपाईंहरुको उद्धारले धेरै सुत्केरी र बच्चाको ज्यान जोगिएको छ, उनले भने । मन्त्री पौडेलले आपतकालीन अवस्थामा अन्य नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले त्यसका लागि सघाइदिन सेनासँग आग्रह गरे ।

‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौं,’ उनले भने, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठेरोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’ मन्त्री पौडेलले तराईमा सर्पदंशको उपचारमा सेनाले सघाइरहेको भन्दै प्रशंसा पनि गरे ।

उनले सेनाको विज्ञता मन्त्रालयसँग पनि सहकार्य गर्न सक्ने ढाँचामा काम गर्न तयार रहेको बताए । ‘तपाईंहरुले सर्पदंशका धेरै बिरामीको उपचार गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रा जनशक्ति अभाव भएका स्थानमा सहकार्य गर्न सकिन्छ भने आवश्यक व्यवस्थाका लागि हामी तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्