Trending
हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |     एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत     |     मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन     |     ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री     |     नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता     |    
कला र मनोरन्जन

चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध

२३ माघ २०८१, बुधबार ०६:३२

काठमाडौं। हाल प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् ।

निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।

रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्‌ ।

चलचित्रमा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ । तर, उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन् ।

दिव्याले आफ्नो पहिलो चलचित्र ‘एक्टर: टेक वन’मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए । उनले रायमाझीको लागि यस चलचित्रको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको बताए ।

वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो चलचित्रको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एक कुशल एआई कलाकार पनि हुन् ।

यस चलचित्रको छायाङ्कन चाँडै सुरु हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ । चलचित्रको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्