Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
Uncategorized

यू–१७ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग खेल्ने

६ आश्विन २०८२, सोमबार २०:५७

काठमाडौँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने भएको छ।

भारतले सोमबार कोलम्बोको रेस कोर्स मैदानमा पाकिस्तानलाई ३–२ ले हराउँदै समूह ‘बी’ को विजेता बनेपछि यस्तो समीकरण बनेको हो। भारतका लागि रहान अहमदले निर्णायक गोल गरेका थिए।

नेपाल भने समूह ‘ए’ को उपविजेता हो। उसले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो तर दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो।

अब बिहीबार हुने सेमिफाइनलमा नेपालले भारतसँग भिड्नेछ। सोही दिन अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशले समूह ‘बी’ को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्