Trending
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु     |     कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव     |     इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह     |     सुनचाँदीको मूल्य हालसम्मकै उच्च     |     थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु     |     सुन र चाँदीको मूल्य हालसम्मकै उच्च     |     आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |     अल्पायुमै अस्ताए प्रशान्त…     |     आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने     |    
Uncategorized

यू–१७ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग खेल्ने

६ आश्विन २०८२, सोमबार २०:५७

काठमाडौँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने भएको छ।

भारतले सोमबार कोलम्बोको रेस कोर्स मैदानमा पाकिस्तानलाई ३–२ ले हराउँदै समूह ‘बी’ को विजेता बनेपछि यस्तो समीकरण बनेको हो। भारतका लागि रहान अहमदले निर्णायक गोल गरेका थिए।

नेपाल भने समूह ‘ए’ को उपविजेता हो। उसले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो तर दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो।

अब बिहीबार हुने सेमिफाइनलमा नेपालले भारतसँग भिड्नेछ। सोही दिन अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेशले समूह ‘बी’ को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्