Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
समाचार

पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै

१५ श्रावण २०८१, मंगलवार ०२:१६

नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर (३६ सय किलोलिटर)का हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नयाँ हवाई इन्धन डिपोको आवश्यकता महसुस गरेर हवाई इन्धन भण्डारण निर्माण परियोजना सुरु गरेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप र हवाई इन्धनको माग पनि बढ्ने भएकाले करिब ६८ करोड रूपैयाँको लागतमा धमाधम इन्धन भण्डारणसहितका संरचना निर्माण गरिरहेको नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना प्रमुख प्रदीप यादवले बताए।

यादवका अनुसार हवाई इन्धन डिपोमा १२–१२ सय किलोलिटरका तीन वटा हवाई इन्धन भण्डारण भर्टिकल टयांकसहित १२–१२ सय किलोलिटरका दुई वटा पानी ट्यांकी पनि निर्माण भइरहेका छन्। डिपोमा सम्भावित आगजनी दुर्घटनाको पूर्व सतर्कताका लागि पानीका ट्यांक निर्माण गरिएको छ। ‘हवाई इन्धन अति संवेदनशील वस्तु भएकाले आवश्यक पूर्वाधार निर्माण भइरहेको छ,’ यादवले भने, ‘अहिलेसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।’

डिपोमा पम्प हाउस, अफिस भवन, ल्याब लगायतका संरचना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। हवाई इन्धन अति संवेदनशील वस्तु भएकाले यसको गुणस्तर र सुरक्षामा विशेष ध्यान पुर्‍याउने गरी आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।

परियोजना ठेक्काको काम समानान्तर–रेलिगेयर–भारत ट्यांक्स जेभीले गरेका छन्। डिपोमा अत्याधुनिक प्रविधि प्रयोग गरेर आधुनिक बनाइँदैछ। डिपो फुल अटोमेसनमा सञ्चालन हुने परियोजना प्रमुख यादवले बताए। ‘इन्धनको मापन पूर्ण कम्युटराइज्ड प्रविधिमा हुनेछ,’ यादवले भने, ‘नयाँ प्रविधि प्रयोग गरेर पूर्वाधार निर्माण गरिँदैछ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्