Trending
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला     |     रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक     |     विजयको फिल्म ‘जन नेता’को रिलिज मिति स्थगित     |     मन्त्री घिसिङले दिए राजीनामा     |     आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक     |     राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता     |     सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च     |     यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर     |     मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन     |     ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक     |    
समाचार

पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै

१५ श्रावण २०८१, मंगलवार ०२:१६

नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर (३६ सय किलोलिटर)का हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नयाँ हवाई इन्धन डिपोको आवश्यकता महसुस गरेर हवाई इन्धन भण्डारण निर्माण परियोजना सुरु गरेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप र हवाई इन्धनको माग पनि बढ्ने भएकाले करिब ६८ करोड रूपैयाँको लागतमा धमाधम इन्धन भण्डारणसहितका संरचना निर्माण गरिरहेको नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना प्रमुख प्रदीप यादवले बताए।

यादवका अनुसार हवाई इन्धन डिपोमा १२–१२ सय किलोलिटरका तीन वटा हवाई इन्धन भण्डारण भर्टिकल टयांकसहित १२–१२ सय किलोलिटरका दुई वटा पानी ट्यांकी पनि निर्माण भइरहेका छन्। डिपोमा सम्भावित आगजनी दुर्घटनाको पूर्व सतर्कताका लागि पानीका ट्यांक निर्माण गरिएको छ। ‘हवाई इन्धन अति संवेदनशील वस्तु भएकाले आवश्यक पूर्वाधार निर्माण भइरहेको छ,’ यादवले भने, ‘अहिलेसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।’

डिपोमा पम्प हाउस, अफिस भवन, ल्याब लगायतका संरचना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। हवाई इन्धन अति संवेदनशील वस्तु भएकाले यसको गुणस्तर र सुरक्षामा विशेष ध्यान पुर्‍याउने गरी आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।

परियोजना ठेक्काको काम समानान्तर–रेलिगेयर–भारत ट्यांक्स जेभीले गरेका छन्। डिपोमा अत्याधुनिक प्रविधि प्रयोग गरेर आधुनिक बनाइँदैछ। डिपो फुल अटोमेसनमा सञ्चालन हुने परियोजना प्रमुख यादवले बताए। ‘इन्धनको मापन पूर्ण कम्युटराइज्ड प्रविधिमा हुनेछ,’ यादवले भने, ‘नयाँ प्रविधि प्रयोग गरेर पूर्वाधार निर्माण गरिँदैछ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्